९ जेठ २०८२ शुक्रबार | 23 May 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मनसुन नजिकिंदै, विपद् व्यवस्थापनमा सरकारी तयारी सुस्त

यस वर्षको मनसुन सुरु हुनै लाग्दा पनि सरकारी स्तरमा आवश्यक तयारी सुस्त देखिएको छ।



  • अञ्जना ढकाल
  • ९ घण्टा अघि
  • पाठक संख्या ३५
  • काठमाडौं, जेठ ९ - यस वर्षको मनसुन सुरु हुनै लाग्दा पनि सरकारी स्तरमा आवश्यक तयारी सुस्त देखिएको छ। गत वर्ष असोजमा काभ्रेको पनौतीमा आएको भीषण वर्षाले ठूलो क्षति पुर्‍याएपछि नगरप्रमुख रामशरण भण्डारी लगातार ऊर्जा मन्त्रालय धाइरहेका छन्। तर, विद्युत प्राधिकरण र सम्बन्धित निकायहरूले चासो नदिँदा पुनर्निर्माण कार्य रोकिएको छ।

    मनसुनअघि खोलानाला गहिर्याउने र बगर व्यवस्थापन गर्न आवश्यक भए पनि कानुनी जटिलता, स्रोतको अभाव र संघीय सरकारको बेवास्ताले स्थानीय तहहरू असहाय भएका छन्। रोशी खोलामा गतवर्षको कटान रोक्न ठेक्का बल्ल लाग्दैछ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मनसुन जेठको अन्तिम साता भन्दा अघि नै भित्रने सम्भावना छ। साथै, औसतभन्दा बढी वर्षा र तापक्रम हुने प्रक्षेपणले थप सतर्कता आवश्यक देखिन्छ। हिमाली क्षेत्रमा हिमताल विस्फोट र बाढीको जोखिम पनि उच्च रहेको विज्ञहरूको भनाइ छ।

    तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तयारी योजना अझै अन्तिम चरणमा पुग्न सकेको छैन। पूर्वप्रमुख अनिल पोखरेलले संरचनागत कमजोरी, आपतकालीन कार्यसञ्चालन केन्द्रको अभाव र गृह मन्त्रालयको प्रभावका कारण योजनाहरू प्रभावकारी नहुने गुनासो गरेका छन्।

    वर्षा अघि नै जमिनले पर्याप्त पानी सोसेको र अधिकांश खोलानालामा गेग्रान जमेको अवस्थामा, कुनै पनि ढिलाइ ठूलो क्षतिको कारण बन्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।