१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रहरीको भनाइ : 'राजावादीहरूको प्रदर्शनमा जनधनको क्षति हुन दिँदैनौँ'

खनालले यही जेठ १५ गते हुने राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना तयार पारिएको बताएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ११४
  • काठमाडौँ, जेठ ९ – काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले यही जेठ १५ गते हुने राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना तयार पारिएको बताएका छन्।

    शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसएसपी खनालले राजावादीहरूले जेठ १५ गते गर्ने भनिएको प्रदर्शनका लागि आवश्यक जनशक्ति परिचालन गरिने र कुनै पनि हालतमा जनधनको क्षति हुन नदिने प्रतिबद्धता जनाए।

    उनले भने, "हामीले सुरक्षा व्यवस्था चुस्त बनाउनेछौँ। आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको छ। शान्तिपूर्ण प्रदर्शनको अधिकार सबैलाई छ, तर त्यसको नाममा अशान्ति फैलाउने प्रयास भयो भने त्यसलाई नियन्त्रणमा लिनेछौँ।"

    राजावादी समूहले यही जेठ १५ गते राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौँमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। यसअघि गत चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो।

    प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षालाई उच्च सतर्कताका साथ व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ।