१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति राजावादी समूहको आपत्ति : 'उत्तेजक र आपत्तिजनक'



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ७९
  • काठमाडौं, जेठ १२ – राजावादी समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई ‘उत्तेजक र आपत्तिजनक’ भन्दै कडा आलोचना गरेको छ।

    संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्वारा सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीले आइतबार सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिलाई संविधान, लोकतन्त्र र शान्तिपूर्ण आन्दोलनको मर्म विपरीत रहेको जनाइएको छ।

    विज्ञप्तिमा भनिएको छ, "संविधानले दिएको अधिकार प्रयोग गर्दै आगामी जेठ १५ गतेदेखि सुरु हुन लागेको आन्दोलनलाई लक्षित गर्दै प्रधानमन्त्रीले काठमाडौंलाई पार्टीको नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन दिनु गैरजिम्मेवारपूर्ण हो।"

    सुवेदीले प्रधानमन्त्रीको जिम्मेवारी शान्ति, संविधानको पालन र जनताको सुरक्षामा केन्द्रित हुनुपर्नेमा उल्टै द्वन्द्व भड्काउने खालको भाषा प्रयोग गर्नु दुर्भाग्यपूर्ण र आपत्तिजनक रहेको बताए।

    संयुक्त जनआन्दोलन समितिले आन्दोलन शान्तिपूर्ण ढंगले अघि बढाइने जनाएको छ। विज्ञप्तिमा भनिएको छ, "हाम्रो आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रहमा आधारित हुनेछ। भ्रष्ट व्यवस्था र शासकविरुद्धको हाम्रो संघर्ष लोकतान्त्रिक र संवैधानिक सीमाभित्र नै रहन्छ।"