१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शान्तिबाटिकाबाट सुरु भएको राजावादीको आन्दोलन माइतीघर पुग्यो

राजसंस्था पुनर्स्थापना माग गर्दै सुरु गरिएको राजावादी आन्दोलन शुक्रबार माइतीघर मण्डलामा पुगेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ११६
  • काठमाडौँ, जेठ १६ - राजसंस्था पुनर्स्थापना माग गर्दै सुरु गरिएको राजावादी आन्दोलन शुक्रबार माइतीघर मण्डलामा पुगेको छ। बिहीबार (जेठ १५) काठमाडौँको शान्तिबाटिकाबाट सुरु गरिएको यो अनिश्चितकालीन आन्दोलन दोस्रो दिन माइतीघरमा जारी रह्यो।

    शुक्रबारको आन्दोलनमा बिहीबारको तुलनामा सहभागीको संख्या कम देखिए पनि, माइतीघर क्षेत्रमा आन्दोलनका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो। बबरमहलदेखि वानेश्वर सडक खण्डसम्म सवारी चलाउन कठिनाइ भएको ट्राफिक प्रहरी बताउँछन्।

    यसअघि पनि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका पक्षधरहरूले प्रदर्शन गरेका थिए। सो प्रदर्शन हिंसात्मक बनेको थियो जसमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो।

    राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने राजावादीहरूको चेतावनी छ। आन्दोलनकारीहरूले राष्ट्र, संस्कृति र सनातन मूल्यको संरक्षणका लागि राजसंस्था अपरिहार्य रहेको दाबी गर्दै आएका छन्।