१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लिचीको भाउ बढ्यो, आँपको घट्यो

बजारमा लिची र आँपको मूल्यमा घटबढ देखिएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १०८
  • काठमाडौं, जेठ १८ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बजारमा लिची र आँपको मूल्यमा घटबढ देखिएको छ।

    आइतबार लिचीको मूल्य प्रतिकिलो १९६ रुपैयाँ पुगेको छ। शनिबार यो भाउ १९० रुपैयाँ थियो। यसअनुसार लिचीको मूल्यमा ६ रुपैयाँले वृद्धि भएको हो। जेठ पहिलो सातादेखि लिचीको भाउ घट्दो क्रममा रहे पनि आइतबार भने मूल्य बढेको देखिएको छ। शुरुवातमा लिची प्रतिकिलो अधिकतम ३०० रुपैयाँ र औसत २७६ रुपैयाँमा कारोबार भएको थियो।

    यता, आँपको मूल्यमा भने गिरावट आएको छ। शनिबार मालदह जातको आँप प्रतिकिलो ७५ रुपैयाँमा बिक्री भइरहेको थियो भने आइतबार यसको भाउ घटेर ६५ रुपैयाँमा झरेको छ।

    हाल कालीमाटी बजारमा मालदह र दसहरी जातका आँप किन्न पाइन्छ। मूल्यमा आएको उतारचढावले उपभोक्तासँगै व्यापारीहरूलाई पनि प्रभावित पारेको छ।