काठमाडौँ, जेठ २१ – सिंहदरबार क्षेत्रमा बुधबार बिहान अचानक विद्युत् आपूर्ति अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवरुद्धको कारण काग र लोखर्केले बिजुलीको तार छोएर सर्ट हुनु हो।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार सिंहदरबारभित्र नेपाल टेलिभिजन अगाडि रहेको बिजुलीको तारमा काग र लोखर्केले छोएपछि सर्ट भएको हो। “करेन्ट लागेर दुवै जनावरको ज्यान गएको छ,” ढकालले जानकारी दिए।
सर्टका कारण करिब एक घन्टादेखि सिंहदरबार क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहेको छ। अहिले मर्मतको काम भइरहेको र छिट्टै सेवा पुनःस्थापना हुने उनले बताएका छन्।
विद्युत् अवरुद्धका कारण सिंहदरबारभित्र सञ्चालन हुने सरकारी कामकाज प्रभावित बनेको छ। सरकारी कार्यालयहरूमा सेवा लिन आएका सेवाग्राहीलाई समेत असहज भएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस