१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राजावादी बैठकमा हंगामा : माइक खोसाखोस र होहल्ला भएपछि नवराज सुवेदीद्वारा बैठक स्थगित

राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिको बैठक असहज वातावरणका कारण स्थगित भएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १२६
  • काठमाडौँ, जेठ २१ - राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिको बैठक असहज वातावरणका कारण स्थगित भएको छ।

    काठमाडौँको धुम्बाराहीमा बुधबार आयोजित बैठकमा सहभागीहरूबीच माइक खोसाखोस र होहल्ला भएपछि संयोजक नवराज सुवेदीले बैठक स्थगित गरेका हुन्।

    बैठकमा सहभागीहरूले आफूलाई बोल्न नदिएको भन्दै आक्रोश पोखेका थिए। कार्यक्रम समीक्षा बैठक भए पनि पत्रकार सम्मेलनजस्तै सञ्चारकर्मीलाई खुला पहुँच दिइएको विषयमा समेत असन्तुष्टि जनाउँदै उनीहरूले विरोध जनाएका थिए।

    विवाद चुलिँदै गएपछि संयोजक सुवेदीले माइक लिएर बैठक स्थगित भएको घोषणा गरे।