१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माधवकुमार नेपाल काठमाडौं फर्किंदै, भ्रष्टाचार मुद्दापछि कार्यक्रम छोट्याएर फिर्ता



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ११२
  • काठमाडौं, जेठ २२ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज काठमाडौं फर्किंदैछन्। उनी बुधबार साँझ बुद्ध एयरको विमानमार्फत सिमराबाट राजधानी फर्किन लागेका हुन्।

    पार्टीको कामका सिलसिलामा रौतहट पुगेका नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएलगत्तै उनले त्यहाँका कार्यक्रम छोट्याएर तत्काल काठमाडौं फर्कने निर्णय गरेका हुन्।

    नेपालमाथि दायर गरिएको मुद्दाले राजनीतिक वृत्तमा चासोको विषय बनिरहेको छ। उनी काठमाडौं फर्किएपछि पार्टी स्थायी कमिटी र कानुनी सल्लाहकारहरूसँग छलफल गर्ने बताइएको छ।