१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध, अख्तियारले प्रश्न उठायो : प्रचण्ड

प्रचण्डले भने, “प्रधानमन्त्रीज्यूमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १७५
  • काठमाडौं, जेठ २३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दालाई लिएर प्रधानमन्त्रीमाथि राजनीतिक प्रतिशोधको गन्ध आएको टिप्पणी गरेका छन्।

    शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, “प्रधानमन्त्रीज्यूमा अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ। र, अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ।”

    उनले स्मरण गरे अनुसार, यसअघि ललिता निवास प्रकरणमा अख्तियारले नीतिगत निर्णय आफ्नो क्षेत्राधिकारबाहिर पर्ने भन्दै पत्र पठाएको थियो। तर अहिले भने त्यही अख्तियारले माधव नेपालले गरेका नीतिगत निर्णयमा प्रश्न उठाएको भन्दै उनले आश्चर्य व्यक्त गरे।

    “माधवजीले गरेका निर्णय नीतिगत थिए, त्यो मैले आफैंले हेरेको अख्तियारको पत्रमै उल्लेख थियो,” उनले भने, “अब भने त्यही विषयमा फेरि प्रवेश गर्नु गम्भीर कुरा हो। अख्तियारले यसको जवाफ दिनुपर्छ।”

    प्रचण्डले यो घटनाले अब कोही पनि अनुसन्धानको दायरामा पर्न सक्ने अवस्था सिर्जना भएको बताए।