२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ललितपुरमा सामान्य वर्षाले सडक जलमग्न, यातायात प्रभावित

अविरल वर्षापछि सडकमा पानी जम्दा सवारी आवागमनमा अवरोध सिर्जना भएको हो ।



  • अञ्जना ढकाल
  • ३ हप्ता अघि
  • पाठक संख्या ९८
  • काठमाडौं, जेठ ३० - आज बिहानको वर्षाले ललितपुरको थसीखेल–महालक्ष्मी सडक खण्ड जलमग्न भएको छ । अविरल वर्षापछि सडकमा पानी जम्दा सवारी आवागमनमा अवरोध सिर्जना भएको हो ।

    सडकमा पानी जमेकाले यात्रुहरूलाई हिँडडुल गर्न कठिन भएको देखिएको छ । पैदल यात्रुहरू भिज्न बाध्य भएका छन् भने केही समय सवारीसाधनको आवागमन समेत रोकिएको थियो ।

    वर्षा पछि जलमग्न हुने समस्याले ललितपुर मात्र नभई काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्र पनि प्रभावित हुने गरेका छन् । सामान्य वर्षा हुँदा समेत सडकमा पानी जम्ने समस्या दीर्घकालीन समाधानको खाँचो औंल्याउने विज्ञहरू बताउँछन् ।

    स्थानीय बासिन्दाहरूले वर्षाको समयमा बारम्बार यस्तो समस्या दोहोरिने भए पनि सम्बन्धित निकायले आवश्यक पूर्वाधार विकासमा ध्यान नदिएको गुनासो गरेका छन् ।