२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हेटौंडामा श्रीमती भेट्न होटल गएका युवक मृत अवस्थामा फेला

रोशन होटल एण्ड लजमा एक युवक मृत अवस्थामा फेला परेका छन्।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १२६
  • हेटौंडा, असार ३ – हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

    मृत फेला पर्ने व्यक्ति हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका ३० वर्षीय अमित मोक्तान रहेको मकवानपुर प्रहरीले पुष्टि गरेको छ।

    मोक्तान श्रीमती ममता प्रजालाई भेट्न होटल गएका थिए। ममता सोही होटलमा काम गर्ने जनाइएको छ।

    सोमबार राति होटलको तेस्रो तलामा रहेको छतबाट रेलिङबाट अचानक खसेर उनी भुईंमा लडेका थिए। गम्भीर घाइते अवस्थामा प्राथमिक उपचारपछि उनलाई चितवनको भरतपुर अस्पतालमा रिफर गरिएको थियो।

    तर मंगलबार बिहान भरतपुर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए, प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

    प्रारम्भिक अनुसन्धानमा घटनामा कुनै शंका देखिएको छैन भने मृतकको शव हाल भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

    प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।