१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपा र राप्रपाको प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध, गृहमन्त्रीको राजीनामा माग

लेखकले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने माग गर्दै दुवै दलले संसद् अवरुद्ध गर्दै आएका हुन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २३१
  • काठमाडौं, असार ५ - प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निरन्तर रूपमा विरोध प्रदर्शन जारी राखेका छन्। गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने माग गर्दै दुवै दलले संसद् अवरुद्ध गर्दै आएका हुन्।

    बिहीबार बसेको बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले कार्यसूची सुनाउने क्रममा रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए। जेठ १३ गतेदेखि दुवै दलले गृहमन्त्रीको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठनको माग राख्दै बैठक अवरुद्ध गरिरहेका छन्।

    राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन आवश्यक रहेको बताउँदै छानबिन समिति गठन नभएसम्म बैठक बहिस्कार जारी रहने चेतावनी दिएका छन्। आजको बैठकमा पनि राप्रपाका सांसदहरूले सोही मागसहित सहभागिता जनाएनन्।

    यसअघि रास्वपाले पनि भिजिट भिसा प्रकरणमा गम्भीर असन्तोष जनाउँदै संसद् र सडक दुबै थलोबाट दबाब दिने निर्णय गरिसकेको छ। दुवै दलको अवरोधका कारण संसदको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ।

    प्रतिनिधिसभाको बैठकमा बारम्बारको अवरोधका बीच सरकार र सत्तापक्षले भने मुद्दालाई गम्भीरताका साथ हेरिरहेको बताउँदै आएका छन्। तर, प्रतिपक्षका नेताहरू गृहमन्त्रीको राजीनामाबिना संसद सञ्चालन असम्भव रहेको अडानमा छन्।