काठमाडौं, असार ५ - देशका विभिन्न स्थानमा अहिले लगातार वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका थुप्रै जिल्लामा वर्षा जारी छ।
कोशी प्रदेश अन्तर्गत झापा, इलाम, खोटाङ र सोलुखुम्बुमा पानी परिरहेको छ। त्यस्तै, बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ।
मधेश र लुम्बिनी प्रदेशका केही जिल्लामा समेत वर्षा भइरहेको जानकारी दिइएको छ। लगातारको वर्षाका कारण नदीहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ।
महाशाखाले जनजीवन प्रभावित हुन सक्ने भन्दै यात्रा र दैनिक कार्यमा सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस