३१ जेठ २०८३ आईतबार | 14 Jun 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आजदेखि देशभर मनसुन फैलियो, मौसमविद्‌ले दिए सचेत रहन आग्रह

महाशाखाले आज (शुक्रबार) विशेष मौसम बुलेटिन जारी गर्दै २३ दिनपछि मनसुन सम्पूर्ण देशमा फैलिएको पुष्टि गरेको हो।



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १८८
  • काठमाडौं, असार ६ - यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज (शुक्रबार) विशेष मौसम बुलेटिन जारी गर्दै २३ दिनपछि मनसुन सम्पूर्ण देशमा फैलिएको पुष्टि गरेको हो।

    मनसुन जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरेर विस्तारै अन्य भूभागमा फैलिएको थियो। जेठ २९ गतेसम्म कोशी, मधेस, बागमती र गण्डकीका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा फैलिएको मनसुन आजदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा समेत फैलिएको छ।

    मौसमविद् प्रतिमा मानन्धरका अनुसार अब मनसुन देशभर सक्रिय हुनेछ। उनका अनुसार, हाल कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनीको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ। साथै, देशको पश्चिमी भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव पनि देखिएको बताइएको छ।

    उनले भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक असर नेपालमा समेत परिरहेको जानकारी दिइन्।

    मौसम विभागले आगामी दिनहरूमा देशका विभिन्न स्थानमा वर्षा हुन सक्ने संभावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।