२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ : सांसद धवलशमशेर राणा

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले उक्त घटना राज्यको लापरबाहीले भएको भन्दै छानबिनको माग गरेका हुन्।



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ६०
  • काठमाडौं, असार ८ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणाले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्।

    आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले उक्त घटना राज्यको लापरबाहीले भएको भन्दै छानबिनको माग गरेका हुन्।

    उनले तीनकुनेमा गत चैत १५ गते भएको घटनामा दुर्गा प्रसाईंको कुनै दोष नरहेको जिकिर गर्दै प्रसाईंलाई निमुखा जनताको सेवामा समर्पित व्यक्ति बताएका छन्।

    ‘चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभई राज्यको कारणले भएको हो,’ राणाले भने, ‘दुर्गा प्रसाईंजी पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ, उहाँको पनि दोष छैन।’

    सांसद राणाले राज्यले जनतालाई उक्साएर स्थिति बिगारेको दाबी गर्दै सो घटनालाई लिएर सरकार किन छानबिन गर्न डराइरहेको छ भन्ने प्रश्नसमेत उठाए।

    ‘राज्यले जनता भड्काएको कारणले त्यो आतंक भएको हो,’ उनले भने, ‘सभामुख महोदय, त्यसको लागि पनि हामीले छानबिनको माग गरेका छौँ।’

    राणाले घटनाको निष्पक्ष अनुसन्धान गरिनुपर्ने माग गर्दै दोषीको पहिचान गरी कारबाही गर्न सरकारसँग आग्रह गरे।