२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नारायणी नदीमा बग्दै आएका पुरुषको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

नारायणी नदीमा बग्दै आएका एक पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या १४४
  • चितवन, असार ८ - चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका एक पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ।

    आइतबार दिउँसो नारायणी नदीमा करिब ४० देखि ५० वर्ष उमेरका अन्दाजित पुरुष बगिरहेको देखेपछि पुलचोकबाट खटिएको सशस्त्र प्रहरीको टोलीले तिनलाई सकुशल उद्धार गरेको हो।

    सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार, ती पुरुषको हालसम्म पहिचान खुल्न सकेको छैन। उद्धारपछि उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ, जहाँ उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

    घटनापछि स्थानीयहरूले सशस्त्र प्रहरीको तिव्र सक्रियताको प्रशंसा गरेका छन्। उद्धार कसरी सम्भव भयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।