१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

संसद् भवनको क्यान्टिनमा लडेर एक कामदार घाइते



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १२४
  • काठमाडौँ, असार ८ - संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित क्यान्टिनमा काम गर्ने एक जना कामदार लडेर घाइते भएका छन्।

    आइतबार दिउँसो क्यान्टिन मर्मतको काम भइरहेको बेला ती कामदार क्यान्टिनमाथिको छतबाट खसेर घाइते भएका हुन्। प्रहरीले दिएको जानकारी अनुसार, फल्स सिलिङ भाँचिएर उनी तल खसेका थिए।

    घाइते कामदारलाई तत्कालै उपचारका लागि सिभिल अस्पताल लगिएको छ। बानेश्वर प्रहरी वृत्तका एक अधिकृतका अनुसार उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

    घटनापछि क्यान्टिन क्षेत्रमा केही समय अफरातफरीको अवस्था सिर्जना भए पनि अहिले अवस्था सामान्य छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।