१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सहिद लखन गाउँपालिका प्रवेशद्वार नजिक गएको पहिरोले अवरुद्ध भएको खण्डमा छिटो गतिमा पुनः निर्माण कार्य अघि बढ्दै

निर्माणमा खटिएका प्राविधिक तथा कामदारहरू दिनरात खटिई सडक पुनः सञ्चालनमा ल्याउने प्रयासमा जुटेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २२६
  • गोरखा, असार १० – गोरखा सदरमुकाम हुँदै सहिद लखन गाउँपालिका प्रवेशद्वार ढुङ्गागाडे भञ्ज्याङस्थित लखन थापा सहिद गेट नजिकैको बुङ्कोट, नाम्जुङ, घैरुङ हुँदै तिनमाने–मनकामना जाने मुख्य सडक केही दिनअघि ठूलो पहिरोले अवरुद्ध भएको थियो।

    गत वर्षको वर्षायाममा आधा भाग भासिएको उक्त सडकमा यस वर्ष असार ८ गते रातिदेखि परेको अविरल वर्षाका कारण पुनः पहिरो गएपछि आवतजावतमा समस्या उत्पन्न भएको थियो। सवारी साधन त परै जाओस्, पैदल हिँड्नसमेत कठिन भएको उक्त खण्डमा हाल पुनः निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

    निर्माणमा खटिएका प्राविधिक तथा कामदारहरू दिनरात खटिई सडक पुनः सञ्चालनमा ल्याउने प्रयासमा जुटेका छन्। निर्माण कम्पनीका अनुसार मौसमले साथ दिएमा ४–५ दिनभित्र पूर्णरूपमा सडक सुचारु गर्ने लक्ष्य राखिएको छ।

    हाललाई जोखिम मोलेर एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ भने स्थानीय प्रशासनले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। पहिरोको जोखिम कायमै रहेको उक्त क्षेत्रमा थप सुरक्षात्मक उपाय अपनाउने तयारीसमेत गरिएको छ।