१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सबै सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नुपर्ने सञ्चारमन्त्री गुरुङको भनाइ

गुरुङले सबै सामाजिक सञ्जाल नेपालमा अनिवार्य रूपमा दर्ता हुनुपर्ने बताएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १३३
  • काठमाडौँ, असार १० – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै सामाजिक सञ्जाल नेपालमा अनिवार्य रूपमा दर्ता हुनुपर्ने बताएका छन्।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले हाल सरकार सामाजिक सञ्जाल व्यवस्थापनका लागि विधेयक निर्माण गरिरहेको जानकारी गराएका हुन्। उनका अनुसार, सूचना तथा सञ्चार मन्त्रालयले तीनपटक दर्ताका लागि आह्वान गर्दा पनि सामाजिक सञ्जालहरू दर्तामा नआएपछि अब कडाइका साथ नियमन प्रक्रिया अघि बढाइनेछ।

    "सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, नेपालको कानुन र नियम मान्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएका छौँ," मन्त्री गुरुङले भने, "विधेयक पास भएपछि समस्या समाधान हुनेछ। त्यसअघि निर्देशिका अनुसार संचालन गर्नेछौँ। तर त्यसपछि पनि दर्तामा नआउने र कानुन नमानेका सञ्जालहरूलाई सधैं मानिरहनु पर्ने छैन, त्यसको व्यवस्थापन गर्छौँ।"

    उनले सूचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य प्रविधिको विकास गर्ने सरकारको योजना रहेको जानकारी पनि दिए। साथै उनले युवालाई सूचना प्रविधिमा आकर्षित गर्दै रोजगारी तथा स्वरोजगारीको अवसर सिर्जना गर्ने र त्यसमार्फत आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको बताए।

    "सूचना प्रविधिमार्फत आर्थिक समृद्धि हासिल गर्ने दीर्घकालीन सोचका साथ अघि बढिरहेका छौँ," मन्त्री गुरुङले संसद् बैठकमा बताएका थिए।