२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चितवनमा भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेपछि एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १६४
  • चितवन, असार ११ – चितवनको राप्ती नगरपालिका–४ मा श्रीमान्–श्रीमतीले भिरबाट हाम फालेपछि एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

    मंगलबार बिहान घरायसी विवादका कारण ४२ वर्षीया कुमारी प्रजाले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। त्यसपछि उनका श्रीमान् लीलाबहादुर प्रजाले पनि आत्महत्या गर्ने उद्देश्यले सोही भिरबाट हाम फालेका थिए।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार कुमारीको घटनास्थलमै मृत्यु भएको हो भने लीलाबहादुर गम्भीर घाइते भएका छन्। घाइते प्रजाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।