१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मुग्लिन सडक खण्ड सुचारु, तुइनभिरको ढुङ्गा हटाएर दुईतर्फी सवारी सञ्चालन

नारायणगढ–मुग्लिन सडक खण्डमा अड्किएको ढुङ्गा हटाइसकेपछि दुईतर्फी सवारीसाधन नियमित रूपमा सञ्चालनमा आएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २३५
  • चितवन, असार १२ - नारायणगढ–मुग्लिन सडक खण्डमा अड्किएको ढुङ्गा हटाइसकेपछि दुईतर्फी सवारीसाधन नियमित रूपमा सञ्चालनमा आएका छन्।

    चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएको ढुङ्गा हटाउन आज बिहानदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिएको थियो।

    सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार बिहान ११ बजेदेखि १ बजेसम्मको लागि बन्द गरिएको सडकमा ढुङ्गा हटाउने काम समयमा नसकिएपछि समय थप गरेर दिउँसो ३ बजेसम्म बन्द गरिएको हो।

    उनका अनुसार माथिबाट कुनै पनि बेला ढुङ्गा खस्ने खतरा रहेकाले दुर्घटनाको जोखिम कम गर्न लामो बुमसहितको स्काभेटर प्रयोग गरी ढुङ्गा हटाइएको हो।

    ढुङ्गा हटाएपछि अहिले नारायणगढ–मुग्लिन सडक खण्डमा दुईतर्फी सवारीसाधन आवतजावत सहज