२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एसईईको नतिजा आजै सार्वजनिक हुने सम्भावना

आजै नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ, यदी समयमै काम नसकिए भोलिसम्ममा नतिजा सार्वजनिक गरिने छ।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १२३
  • काठमाडौं, असार १३ - राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ।

    बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार केही प्राविधिक काम बाँकी रहेकाले आजै नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ, यदी समयमै काम नसकिए भोलिसम्ममा नतिजा सार्वजनिक गरिने छ।

    ‘केही प्राविधिक विषय मिलाउन बाँकी छ, त्यो मिल्नासाथ बोर्ड बैठक बोलाएर नतिजा प्रकाशन गरिनेछ,’ अध्यक्ष शर्माले जानकारी दिए, ‘हामी आवश्यक प्रक्रिया पूरा गरिरहेका छौं।’

    उनका अनुसार आफू कार्यालय पुगिसकेका छन् र बोर्ड बैठकका लागि अन्य सदस्यहरूलाई पनि खबर गरिसकिएको छ।

    २०८१ साल चैत ७ गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

    नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरू आफ्नो ग्रेड जानकारी लिन परीक्षा बोर्डको वेबसाइट र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्। परीक्षा बोर्डले नतिजा हेर्नका लागि प्रयोग हुने वेबसाइट र सेवाहरू पनि चाँडै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।