१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एसईई नतिजा आजै सार्वजनिक हुँदै, कसरी हेर्ने नतिजा?

नतिजा वेबसाइटमा सम्पूर्ण रूपमा अपलोड हुन केही समय लाग्न सक्ने जानकारी पनि बोर्डले दिएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २९९
  • काठमाडौं, असार १३ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज (शुक्रबार) साँझ नै सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा सार्वजनिक गर्ने निर्णयका लागि बोर्डको बैठक हाल चलिरहेको छ।

    परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार आज साँझ ६ बजेपछि नतिजा सार्वजनिक गरिनेछ। नतिजा वेबसाइटमा सम्पूर्ण रूपमा अपलोड हुन केही समय लाग्न सक्ने जानकारी पनि बोर्डले दिएको छ।

    यसअघि बोर्डले नतिजा तयारीसम्बन्धी परीक्षा नियन्त्रण कार्यालयसँग विशेष ब्रिफिङ लिएको थियो। बोर्डले नतिजा असार ६ गतेभित्र प्रकाशित गर्ने कार्यतालिका बनाएको भए पनि काठमाडौँमा भएको शिक्षक आन्दोलनका कारण प्रकाशनमा ढिलाइ भएको हो। २०८१ चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकहरुले आन्दोलन गरेका थिए।

    एसईई परीक्षा २०८१ चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको थियो। सो परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।

    विद्यार्थी तथा अभिभावकले results.ekantipur.com मा क्लिक गरी आफ्नो नतिजा हेर्न सक्नेछन्।