१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

धनगढीमा भारी वर्षाका कारण डुबान, स्थानीयवासी समस्यामा

धनगढीमा भारी वर्षाका कारण बस्तीहरू डुबानमा परेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३४९
  • धनगढी, असार १६ – कैलालीको धनगढीमा भारी वर्षाका कारण बस्तीहरू डुबानमा परेका छन्। विशेष गरी धनगढी उपमहानगरपालिका–८ का विभिन्न टोलहरूमा पानी पसेपछि जनजीवन प्रभावित बनेको छ।

    स्थानीयवासीका अनुसार लगातारको वर्षापछि नालाहरूको पानी टोलभित्र छिर्दा घर र पसलहरूमा डुबानको अवस्था सिर्जना भएको हो। पानी घरभित्र पस्न थालेपछि मानिसहरू घर बाहिर निस्कन बाध्य भएका छन्।

    “बिहानैदेखि घरभित्रको सामान जोगाउने चिन्ता लागेको छ,” एक स्थानीयले बताए, “नालामा पानीको निकास नभएकाले यस्तो समस्या भएको हो।”

    निकास व्यवस्थाको अभावमा पानी जमेर घरभित्र पस्दा बासिन्दाहरू समस्यामा परेका छन्। स्थानीय प्रशासनले तत्काल राहत वा व्यवस्थापनका लागि कुनै पहल गरेको जानकारी हालसम्म आएको छैन।

    स्थानीयवासीले निकास व्यवस्थाको सुधार र डुबान नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।