१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २७७
  • रौतहट, असार १९ - रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

    बिहीबार बिहान करिब ७ः१५ बजे स्थानीय ३० वर्षीय रोहित साह सोनार आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घटनापछि इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट सई गजेन्द्र कुमारको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो।

    गम्भीर अवस्थामा रहेका साहलाई तत्कालै उपचारका लागि बारा स्थित प्रादेशिक अस्पताल, कलैयामा लगिएको थियो। तर, उपचारकै क्रममा बिहान ८ः०० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए।

    प्रहरीका अनुसार मृतकको शव हाल प्रादेशिक अस्पताल, कलैयामै राखिएको छ। घटनास्थल प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट करिब पाँच किलोमिटर दक्षिणमा पर्दछ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।