काठमाडौं, असार १९ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल नेपालमा ‘सक्कली र नक्कली समाजवादी’ छुट्याउन गाह्रो भएको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘समाजवादी दर्शनको रूपरेखा’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अभ्यासलाई कडा रूपमा आलोचना गरे।
उनले पूँजीवाद व्यक्तिवादमा आधारित र समाजवाद सामूहिकतामा आधारित दर्शन भए पनि व्यवहारमा त्यसको ठुलो अन्तरविरोध देखिएको बताए। “भन्न समाजवाद, व्यवहारमा व्यक्तिवाद हाबी भएको अवस्था छ,” प्रचण्डले भने, “समाजवादी नाम राख्ने तर जीवनशैली, राजनीतिक दिशा र सांस्कृतिक आचरण पूरै विपरीत देखिने प्रवृत्ति हावी छ।”
उनले अहिले सामन्त, दलाल, नोकरशाह, पूँजीवादी सबैले समाजवाद शब्दको प्रयोग गरे पनि व्यवहार भने व्यक्तिवादी रहेको आरोप लगाए। “आजभोलि वैज्ञानिक समाजवादको प्रयोग पनि सबैखाले अवसरवादी र पूँजीवादीले गर्दैछन्,” उनले भने, “यसले सक्कली र नक्कली समाजवादी छुट्याउन जटिल बनाएको छ।”
नेपाल अहिले समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको दाबी गर्दै उनले संविधानमा पनि ‘समाजवाद उन्मुख’ शब्द राखिएको स्मरण गराए। संघीयता समाजवादी अभ्यासको भ्रूण भएको दाबी गर्दै उनले संविधानका सकारात्मक पक्षहरू उल्ट्याउने प्रयास भइरहेको आरोप लगाए।
त्यस्तै, प्रचण्डले माओवादी युद्धकालमा प्रयोग हुने एउटा चर्चित उक्ति स्मरण गर्दै हाल संसद्मा पनि त्यही प्रवृत्ति देखिएको टिप्पणी गरे। “अहिले संसदीय अभ्यासमा खसीको टाउको देखाएर कुकुरको मासु बेचिएको अवस्था देखिएको छ,” उनले भने, “समितिहरूका प्रतिवेदनमाथि भइरहेका छेडछाड यही हो।”
उनले दलाल पूँजीवादको विरुद्ध को लडिरहेको छ र को त्यसको पक्षमा काम गरिरहेको छ भनेर छुट्याउन जनतालाई आग्रह गरे। “समाजवाद प्राप्तिको लडाइँ सामान्य छैन, सबैले गम्भीर
प्रतिक्रिया दिनुहोस