२२ असार २०८२ आईतबार | 06 Jul 2025 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

यादवविरुद्ध प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) लाई धम्की दिएको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ।



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ५२
  • काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) लाई धम्की दिएको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ।

    सर्लाही जिल्ला अदालतले शुक्रबार यादवविरुद्ध आपराधिक उपद्रव सम्बन्धी मुद्दामा पक्राउ आदेश दिएको हो। नेपाल प्रहरीका अनुसार, एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोनमार्फत अपशब्द प्रयोग गर्दै धम्की दिएकाे प्रमाणसहित अडिओ सार्वजनिक भएपछि कारबाही अघि बढाइएको हो।

    प्रहरी स्रोतका अनुसार, यादवले एसपी खड्कालाई "तराईमा लुट्न आएको लुटेरा" भनेर गाली गर्दै धम्की दिएका थिए। सार्वजनिक अडिओमा यादवले सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा दिइएको प्रहरी सुरक्षाप्रति आपत्ति जनाउँदै अपशब्द प्रयोग गरेका छन्।

    मधेस प्रदेश प्रहरीका एक अधिकारीले भने, “उहाँ सधैँ विवादमा रहने व्यक्ति हो। अहिले पनि प्रहरीलाई गाली गर्नु भएको छ। सुरक्षा दिनु हाम्रो कानुनी जिम्मेवारी हो, त्यसमा किन आपत्ति जनाइएको हामी बुझ्न सकेका छैनौं।”

    प्रहरीका अनुसार अध्यक्ष यादवले यसअघि पनि प्रदेश मन्त्रीलाई धम्कीपूर्ण म्यासेज पठाएको पाइएको छ। उक्त म्यासेजलाई पनि प्रहरीले अनुसन्धानका लागि प्रमाणको रूपमा लिएको छ।

    यादवले विगतमा अरु व्यक्तिहरूलाई पनि धम्की दिएको तथ्य फेला परेकाले थप प्रमाण संकलन गरी कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।