१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भरतपुरमा सेफ्टी ट्याङ्कीमा खसेर ६४ वर्षीया महिलाको मृत्यु

भरतपुर महानगरपालिका–९ शरदपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको ज्यान गएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २१७
  • चितवन, असार २२ - भरतपुर महानगरपालिका–९ शरदपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको ज्यान गएको छ।

    मृत्यु हुनेमा ६४ वर्षीया राधिका विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    शनिबार दिउँसो घर नजिकै रहेको रिङले निर्माण गरिएको सेफ्टी ट्याङ्कीमा खसेपछि विक गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै उद्धार गरी भरतपुर अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

    घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।