२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको गुनासो : ‘मेरो चरित्र हत्या भयो’



  • अञ्जना ढकाल
  • १० घण्टा अघि
  • पाठक संख्या ५२
  • काठमाडौँ, असार २२ - काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आफूविरुद्ध चरित्र हत्या गरिएको गुनासो गरेका छन्।

    आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरागाईंले काठमाडौँ टावरको नक्सा पासको विषयलाई लिएर लगाइएको आरोपको कडा खण्डन गरे। उनले आफूलाई भ्रष्टाचारीको संज्ञा दिइएकोप्रति आपत्ति जनाउँदै यस्तो आरोप निराधार भएको दाबी गरे।

    “काठमाडौँ टावरको नक्सा पाससँग मलाई जोडेर झूटो आरोप लगाइएको छ। कुनै प्रमाणबिना मलाई भ्रष्टाचारी करार गर्नु चरित्र हत्या होइन त?” गुरागाईंले प्रश्न गरे।

    उनले आफूमाथि लागेको आरोप मेयरको सचिवालयबाट आएको जस्तो देखिए पनि यस्तो संवेदनशील विषयमा आधिकारिक निकायबाटै छानबिन हुनु उपयुक्त हुने बताए। “यदि कसैले विना प्रमाण तपाईंको चरित्र हत्या गर्छ भने त्यो सह्य हुन्छ? मैले अहिलेसम्म मेयर सावबारे केही बोलेको छैन। त्यसो हुँदाहुँदै पनि सचिवालयको नाममा मलाई बदनाम गर्न खोज्नु गलत हो,” उनले भने।

    गुरागाईंले आफू नरहेका बेला पनि लामो समयदेखि नगर कार्यपालिका बैठक नबसेको भन्दै कार्यसञ्चालनमै गम्भीर समस्या देखिएको उल्लेख गरे।

    उक्त घटनाले काठमाडौँ महानगरपालिकाभित्रको आन्तरिक विवाद झनै सतहमा आएको छ। अब यस विषयमा आधिकारिक निकायले के निष्कर्ष निकाल्छ, त्यो चासोको विषय बनेको छ।