१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सर्वोच्च अदालतमा तीन नयाँ न्यायाधीश नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २२२
  • काठमाडौं, असार २३ – राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्।

    न्याय परिषद्को सिफारिसको आधारमा सोमबार राष्ट्रपति पौडेलले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई नियुक्त गरेका हुन्।

    राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार नियुक्ति गरिएको हो।

    नयाँ नियुक्त न्यायाधीशहरूमध्ये दुई जना उच्च अदालतका मुख्य न्यायाधीश र एक जना वरिष्ठ अधिवक्ता रहेका छन्। यी नियुक्तिहरूले न्यायालयको कार्यसम्पादनमा थप मजबूती आउने अपेक्षा गरिएको छ।