२४ असार २०८२ मंगलबार | 08 Jul 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रसुवाको मितेरी पुल बाढीले बगायो, नेपाल–चीन सम्पर्क टुट्यो

जम्मा पाँच महिनाको अवधिमा यो पुल निर्माण कार्य सम्पन्न गरिएको थियो।



  • अञ्जना ढकाल
  • ७ घण्टा अघि
  • पाठक संख्या ५८
  • रसुवा, असार २४ - नेपाल–चीन सीमामा रहेको प्रमुख नाका रसुवागढीस्थित मितेरी पुल भीषण बाढीका कारण बगाएको छ ।

    तिब्बत क्षेत्रबाट अचानक आएको बाढीले पुल मात्र नभई नेपालतर्फ जनधनको समेत ठूलो क्षति गरेको छ । यद्यपि हालसम्म क्षतिको यकिन विवरण सार्वजनिक भएको छैन।

    चीनको सहयोगमा निर्माण गरिएको सो पुल २०७६ सालको जेठ महिनामा सञ्चालनमा आएको थियो । पुल निर्माणमा तिब्बती इन्जिनियरिङ कम्पनी लिमिटेड (तान सुन रोड एन्ड ब्रिज) ले जिम्मा लिएको थियो । जम्मा पाँच महिनाको अवधिमा पुल निर्माण कार्य सम्पन्न गरिएको थियो।

    ११० मिटर लामो र ९ मिटर चौडा सो पुल नेपाल र चीनबीचको प्रमुख व्यापारिक तथा आवागमन नाका मानिन्थ्यो। अहिले पुल बगेसँगै दुई देशबीचको सम्पर्क पूर्णरूपमा टुटेको छ।

    पुलको पुनःनिर्माण कहिले, कसरी र कसको लगानीमा गरिने भन्ने विषयमा अहिलेसम्म स्पष्टता आइसकेको छैन। स्थानीय प्रशासन र सम्बन्धित निकायहरू क्षतिको मूल्यांकन गर्न व्यस्त छन्।

    यस घटनाले चीनसँगको नेपालको व्यापार तथा कूटनीतिक सम्बन्धमा पनि अस्थायी प्रभाव पार्ने देखिएको छ।