१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे सोबिता गौतमको अभिव्यक्ति हटाउन एमालेको माग

सांसद गौतमले प्रधानमन्त्री ओली स्पेन भ्रमणमा गएका बेला केही व्यक्ति फर्किन नसकेको समाचार आएको भन्दै उक्त विषय गम्भीर रहेको धारणा राखेकी थिइन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १५०
  • काठमाडौं, असार २४ - रास्वपाकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसँग सम्बन्धित गर्दै संसद्मा दिएको अभिव्यक्तिको विषयमा नेकपा एमालेले आपत्ति जनाएको छ। एमालेले सो अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन माग गरेको हो।

    सांसद गौतमले प्रधानमन्त्री ओली स्पेन भ्रमणमा गएका बेला केही व्यक्ति फर्किन नसकेको समाचार आएको भन्दै उक्त विषय गम्भीर रहेको धारणा राखेकी थिइन्। तर, एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्मा व्यक्त भएको उक्त भनाइलाई भ्रामक, तथ्यहीन र आपत्तिजनक ठहर गर्दै हटाउन माग गरेका हुन्।

    बर्तौलाले भने, “माननीय सदस्यहरुले प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता सम्बन्धी कपोकल्पित आरोप संसद्मा राखेका छन्, जुन उपयुक्त होइन। प्रधानमन्त्रीज्यू आफ्नो भ्रमण सकेर फर्किसक्नुभएको छ, तर भ्रम सिर्जना गर्ने शैलीले संसद्को गरिमा खल्बल्याउन मिल्दैन।”

    साथै, उनले सोधेका छन्, “को को व्यक्ति फर्किएनन् भन्ने खुलासा संसद्मै गरौं, तथ्यसहितको कुरा होस्।”

    एमालेले उक्त अभिव्यक्तिलाई संसद् रेकर्डबाट हटाई जिम्मेवार व्यवहारको अपेक्षा राखेको स्पष्ट पारेको छ।