१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १६३
  • काठमाडौं, असार २६ - प्रसिद्ध नेपाली अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वप्रधानमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दै राज्यद्वारा भइरहेको अन्यायविरुद्ध आफूले आवाज उठाएको बताएकी छन्।

    रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा सहभागी बनेकी कोइरालाले आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको स्पष्ट पारिन्। उनले भनिन्, "म कुनै पार्टीको होइन, तर एक आम नागरिकको हैसियतले राज्यबाट भइरहेको दुर्व्यवहार र अन्यायको विरोधमा आवाज उठाउन आएको हुँ।"

    हस्ताक्षर पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रवि लामिछानेमाथि राज्यको पक्षपाती व्यवहार देखिएको बताइन्। "समाचार हेर्ने जो–कोहीले यो बुझिसकेका छन् कि रविमाथि दुर्व्यवहार भइरहेको छ," उनको भनाइ थियो।

    रास्वपाले लामिछानेप्रति राज्यको 'प्रतिसोधात्मक' व्यवहार भएको दाबी गर्दै देशभर हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ।