१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौं महानगरको आगामी वर्षको बजेट सीमा २५ अर्ब ११ करोडमा तोकियो

अब केही समयपछि बस्ने ४०औं कार्यपालिका बैठकले नगर सभाको मिति तोक्नेछ र सो सभामार्फत बजेट तथा नीति सार्वजनिक गरिनेछ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २१३
  • काठमाडौं, असार २०२७ - काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा तय गरेको छ।

    शुक्रबार काठमाडौं प्लाजास्थित महानगर कार्यालयमा प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको राजस्व परामर्श समितिको बैठकले बजेटको सीमा निर्धारण गरेको हो।

    बैठकमा प्रमुख शाहले जनताको आवश्यकता र चाहनाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार विकासमा थप बजेट छुट्याउन निर्देशन दिए। चालु आर्थिक वर्षको तुलनामा पूर्वाधार क्षेत्रको बजेट वृद्धि गरिने समितिको निर्णय छ।

    अब केही समयपछि बस्ने ४०औं कार्यपालिका बैठकले नगर सभाको मिति तोक्नेछ र सो सभामार्फत बजेट तथा नीति सार्वजनिक गरिनेछ। नगर सभामा प्रमुख बालेनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्नेछिन्।

    आजको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहित अन्य अधिकारीहरूको पनि सहभागिता थियो।

    काठमाडौं महानगरको यो बजेट योजना विकास, पूर्वाधार र जनसेवा केन्द्रित हुने अपेक्षा गरिएको छ।