काठमाडौं, असार ३२ – जापानमा सिपयुक्त नेपाली कामदार पठाउने समझदारीपत्र पाँच वर्षका लागि नवीकरण हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समझदारी पुनः नवीकरण गर्ने निर्णय गरेको हो।
नेपाल र जापानबीच सन् २०१९ को मार्च २० मा ‘निश्चित सिपयुक्त कामदार’ (Specified Skilled Workers - SSW) पठाउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो। अब उक्त समझदारी आगामी १९ मार्च २०२४ बाट लागू हुने गरी पाँच वर्षका लागि थपिएको हो।
सरकारको निर्णय अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई उक्त समझदारी नविकरण गर्न स्वीकृति दिइएको छ। यसले जापानमा नेपाली कामदारको अवसर थप सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस