काठमाडौँ, साउन २ - नेपालका चर्चित व्यक्तित्वहरू ज्ञानेन्द्र शाही र कुलमान घिसिङले आगामी जुलाई २७ मा अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विशेष समारोहमा ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्राप्त गर्ने भएका छन्।
ग्लोबल नेपाली समुदायद्वारा हरेक वर्ष प्रदान गरिने यो अवार्डले नेपाल र नेपाली समाजमा विशेष योगदान पुर्याउने व्यक्तिहरूको सम्मान गर्ने परम्परा राखेको छ। यसपालि समाजिक परिवर्तनको अभियानमा सक्रिय राप्रपाका नेता शाही र ऊर्जा क्षेत्रको सुधारमार्फत लोकप्रिय बनेका पूर्व कार्यकारी निर्देशक घिसिङलाई छानिएको हो।
अमेरिकाको न्यूयोर्क सहरमा हुने समारोहमा विश्वभरका नेपालीहरूको उपस्थिति रहने आयोजकले जनाएका छन्। पुरस्कारबाट सम्मानित दुवै व्यक्तित्वले नेपालको साख अन्तर्राष्ट्रिय स्तरमा बढाएको भन्दै आयोजक संस्था ग्लोबल नेपालीले उनीहरूलाई बधाई ज्ञापन गरेको छ।
ग्लोबल हिरो अवार्ड विगत केही वर्षदेखि अन्तर्राष्ट्रिय नेपाली समुदायको पहिचानका लागि एक प्रतिष्ठित सम्मानको रूपमा स्थापित हुँदै गएको छ।
प्रतिक्रिया दिनुहोस