१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रौतहटमा १ सय ३३ केजी गाँजा बरामद, कार छोडेर चालक फरार

प्रहरीले एक निजी सवारीसाधनबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २९९
  • रौतहट, साउन ६ – रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोलानजिक प्रहरीले एक निजी सवारीसाधनबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

    इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको ग ३ च ६७९६ नम्बरको रातो ब्रेजा कारबाट १३ वटा पोका सहित १ सय ३३ किलो गाँजा फेला पारिएको हो।

    गोप्य सूचनाका आधारमा प्रहरीले चेकिङ कडा बनाएको थियो। चेकिङको क्रममा प्रहरीले कारलाई रोकेपनि चालकले तीव्र गतिमा गाडी भगाउने प्रयास गरेको थियो। अन्ततः नियन्त्रणमा लिन नसकेपछि चालकले गाडी खेतमा छाडेर भागेको डीएसपी कार्कीले जानकारी दिए।

    बरामद गरिएको गाडीसहित घटनाको अनुसन्धान सुरु गरिएको र गाँजा तस्करीमा संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ। गाडीमा गाँजा राखिएको तरिकाले योजनाबद्ध रुपमा लागुऔषध कारोबार भइरहेको अनुमान गरिएको छ।