१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंमा समलिङ्गी विवाह, लिङ्ग परिवर्तन र गर्भपतनविरुद्ध प्रदर्शन



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १४३
  • काठमाडौं, साउन ११ - काठमाडौंको माइतीघर मण्डलामा आइतबार समलिङ्गी विवाह, लिङ्ग परिवर्तन र गर्भपतनविरुद्ध विरोध प्रदर्शन गरिएको छ।

    संयुक्त नागरिक पार्टीको ‘मुद्दा पहिचान तथा आन्दोलन परिचालन विभाग’को आयोजनामा भएको यस खबरदारी कार्यक्रमले यस्ता गतिविधिहरूलाई समाजमा विकृति भएको आरोप लगाउँदै विरोध जनाएको हो।

    प्रदर्शनमा सहभागीहरूले “स्वेच्छाचारिता सभ्यता होइन”, “सभ्यताको जग : स्त्री र पुरुषको विवाह”, “लिङ्ग परिवर्तन गराउन पाइँदैन” भन्ने जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए। उनीहरूले पश्चिमी शैलीको सामाजिक सोच नेपालमा थोपर्न खोजिएको भन्दै त्यसको विरोधमा आवाज उठाएका थिए।

    कार्यक्रममा सहभागीहरूले आफ्नो विचार राख्दै भने, "समाजको मूल संरचना परिवार हो, र परिवारको आधार स्त्री–पुरुषको विवाह नै हो। लिङ्ग परिवर्तन, समलिङ्गी विवाह र गर्भपतनजस्ता विषयले सामाजिक र नैतिक धरातल कमजोर बनाउँछ।"

    यो विरोध प्रदर्शनले सामाजिक सञ्जाल तथा सार्वजनिक चासोमा बहस निम्त्याएको छ। केहीले प्रदर्शनकर्ताको धारणा समर्थन गरेका छन् भने केहीले व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको उल्लंघन भएको भन्दै आलोचना गरेका छन्।

    यस विषयमा सरकारी निकाय वा मानव अधिकार सम्बन्धी संस्थाहरूको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी छ।