१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जनकपुरमा महिलाको मृत्युलाई लिएर रहस्य – माइती पक्षको आरोप : हत्या हो, आत्महत्या होइन



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या ३५३
  • जनकपुरधाम, साउन १२ – जनकपुरधाम उपमहानगरपालिका–४ मा २३ वर्षीया शोभा मण्डल आफ्नै घरमा मृत भेटिएकी छन्। मृतक शोभा चन्दन मण्डलकी पत्नी हुन्।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार, सोमबार राति साढे १२ बजे झुण्डिएको अवस्थामा मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा शव ओछ्यानमा राखिएको अवस्थामा थियो। परिवारले झुण्डिएको देखेपछि पासो काटेर तल झारेको दाबी गरेका छन्।

    यता शोभाको माइती पक्षले भने उनको हत्या भएको दाबी गर्दै घटनामा शंका व्यक्त गरेका छन्। उनीहरूका अनुसार शोभाको दाइजोको कारण पटक–पटक घरमा झगडा हुँदै आएको थियो।

    शोभा मण्डलको पाँच वर्षअघि चन्दनसँग विवाह भएको थियो। उनका एक छोरी पनि छन्। उनको माइती महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा रहेको छ।

    प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ भने अन्तिम निष्कर्ष पोष्टमार्टम रिपोर्टपछि मात्र आउने स्पष्ट पारेको छ।