रसुवा, साउन १२ - गोसाइँकुण्डमा आइतबार स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मोरङ, बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगरका सुजन ढकाल कुण्डमा डुबेर हराएका थिए। घटनापछि खोजीकार्य जारी रहँदा नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको सहायतामा दुवै जनाको शव निकाल्न सफल भएको हो।
शवहरू नेपाली सेनाले निकालेपछि आवश्यक प्रक्रिया पूरा गरी नेपाल प्रहरीको जिम्मामा हस्तान्तरण गरिएको छ।
यस घटनाले तीर्थयात्रामा गएका युवाहरूको सुरक्षाबारे चिन्ता बढाएको छ।
प्रतिक्रिया दिनुहोस