१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आज बस्दैछ राष्ट्रिय सभा बैठक, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १८१
  • काठमाडौं, साउन १४ - संघीय संसद् राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

    आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र विधेयक, २०८१ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्।

    त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफलका लागि प्रस्ताव अघि सार्नेछिन्।

    उक्त प्रतिवेदनमा छलफल सकिएपछि प्रधानमन्त्री ओलीले सम्बोधनसहित आफ्ना धारणा र जवाफ राख्ने कार्यक्रम रहेको छ।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यविभाजनसम्बन्धी जानकारीसमेत दिइनेछ।