२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रौतहटमा करेन्ट लागेर किसानको ज्यान गयो



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ९१
  • रौतहट, साउन १९ – रौतहटको ईशनाथ नगरपालिका–८ स्थित मन्सरी टोलमा सोमबार बिहान करेन्ट लागेर एक जना किसानको ज्यान गएको छ।

    धान खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरबाट करेन्ट लाग्दा ५५ वर्षीय शेख जाफिर गम्भीर घाइते भएका थिए। स्थानीयले उनलाई तुरुन्तै प्रादेशिक अस्पताल गौर पुर्‍याए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक रायले जानकारी दिए।

    घटनास्थलमै अचेत भएका जाफिरलाई करेन्ट लागेको केहीबेरमै अस्पताल लगिएको थियो। तर, चिकित्सकको प्रयासका बावजुद उनको ज्यान जोगाउन सकिएन।

    मृतकको शव पोस्टमार्टमका लागि गौर अस्पतालमै राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।