१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बहुविवाहसम्बन्धी कानुनी व्यवस्था संशोधनका लागि उपसमिति गठन



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३८०
  • काठमाडौँ, साउन २० — सरकारले बहुविवाहसम्बन्धी कानुनी प्रावधान संशोधन गर्ने तयारी थालेको छ। यसका लागि मन्त्रिपरिषदअन्तर्गतको विधेयक समितिले एक उपसमिति गठन गरेको छ।

    गृहमन्त्री रमेश लेखकका अनुसार मंगलबार बसेको समितिको बैठकमा पाँचवटा प्रमुख विधेयकमा संशोधनको प्रस्ताव पेस गरिएको छ, जसमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, र सजाय निर्धारणसम्बन्धी विधेयकहरू समावेश छन्।

    मन्त्री लेखकले बहुविवाहसम्बन्धी प्रावधानसँगै विवाहको न्यूनतम उमेर, अग्रिम धरौटी, सजाय माफी तथा मुल्तवीसम्बन्धी व्यवस्थाहरूमा समेत पुनरावलोकन र संशोधन आवश्यक देखिएकाले उपसमिति गठन गरिएको जानकारी दिए।

    "सम्बन्धित मन्त्रालयहरूसँग परामर्श गरेर नागरिकका चासोहरूलाई समेट्दै विधेयक परिमार्जनको काम अघि बढाइनेछ," गृहमन्त्री लेखकले भने।

    उक्त उपसमितिमा कानुन मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, कानुन आयोग र विधेयक समितिका सचिव सम्मिलित हुनेछन्। उपसमिति नागरिक सरोकारका मुद्दालाई ध्यानमा राख्दै आवश्यक सुधारका लागि कार्य अघि बढाउने बताइएको छ।