१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कमल थापाको धारणा : 'मुलुकलाई जोगाउन राष्ट्रवादी शक्तिको खाँचो'



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १२९
  • काठमाडौं, साउन २० – राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको वर्तमान अवस्था सुधार्नका लागि बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको बताएका छन्।

    मंगलबार काठमाडौं–१ मा आयोजित पार्टीको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले वर्तमान प्रणालीले मुलुकलाई सही दिशामा लैजान नसकेको दाबी गरे। उनले २०६२/०६३ सालको राजनीतिक परिवर्तनको मार्गचित्रलाई 'गलत, त्रुटिपूर्ण र पूर्णत: असफल' भएको भन्दै आलोचना गरे।

    थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताजस्ता व्यवस्थाले देशको हित हुन नसकेको दाबी गर्दै अब जनता नयाँ वैकल्पिक शक्तिको खोजीमा रहेको धारणा राखे।

    "देशमा कुशासन, भ्रष्टाचार, बेरोजगारी, महँगी र धर्मपरिवर्तनको लहर तीव्र रूपमा बढेको छ," उनले भने, "यी समस्याको अन्त्यका लागि अब जनता एकपटक फेरि जुरुक्क उठ्नुपर्छ।"

    उनले जनताको आन्दोलनको वातावरण तयार पार्न जरुरी रहेको उल्लेख गर्दै राष्ट्रियता, अखण्डता र प्रजातन्त्रको संरक्षणका लागि सचेत