१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै सांसद कार्कीको दबाब



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २२५
  • काठमाडौं, साउन २९ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा प्रकरणमा नैतिक जिम्मेवारी लिन आग्रह गरेकी छिन्।

    बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गृहमन्त्रीले पदबाट राजीनामा दिएर निष्पक्ष छानबिनको वातावरण बनाउनुपर्ने धारणा राखिन्।

    उनले सांसद रामहरि खतिवडाले नैतिक कारण देखाउँदै राजीनामा दिएको उदाहरण उल्लेख गर्दै भनिन्, “रामहरिज्युले नैतिकता जागाएर पद त्याग्नुभयो, तर गृहमन्त्रीज्युको नैतिकता अझै नजागेको देखिन्छ।”

    रास्वपाले भिजिट भिसा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन स्वच्छ छानबिन आवश्यक भएको बताउँदै आएको छ। यही मागसहित पार्टीले प्रतिनिधि सभाको बैठक ८० दिनदेखि बहिष्कार गरिरहेको छ।