१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विदेश यात्राको तयारी गर्दै हुनुहुन्छ? अध्यागमनमा अब ढिलो गर्न पाइने छैन



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १७१
  • काठमाडौं, भदौ १ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुहरूलाई अब अध्यागमन जाँचमा ढिलो गर्न पाइने छैन। विभागले नयाँ व्यवस्था गर्दै यात्रुलाई कम्तीमा एक घण्टा अगाडि उपस्थित हुन निर्देशन दिएको छ।

    अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार, रातिको समयमा खाडी मुलुकतर्फ जाने उडानमा यात्रुहरूको भीड बढ्दा कागजात परीक्षणमा समस्या आएको छ। “अन्तिम समयमा यात्रु जम्मा हुँदा अध्यागमन अधिकारीलाई समेत कठिनाइ भएको छ, त्यसैले यो नियम लागू गरिएको हो,” उनले बताए।

    गत शुक्रबार अध्यागमन विभागले सबै एयरलाइन्स कम्पनी र सरोकारवालासँग छलफल गरेर यो निर्णय गरेको हो। सो अवसरमा नागरिक उड्डयन प्राधिकरणलाई पनि रातिको भीड कम गर्ने गरी उडान तालिका व्यवस्थापन गर्न अनुरोध गरिएको विभागले जनाएको छ।

    विगतमा अध्यागमन अधिकृत र कर्मचारीको संलग्नतामा नेपाली युवाबाट असुली गरी भिजिट भिसामा विदेश पठाउने गतिविधि बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन अघि बढाएको छ। त्यस क्रममा तत्कालीन विमानस्थल प्रमुख तीर्थराज भट्टराई पक्राउ परेपछि नेतृत्वमा नयाँ टोली पठाइएको हो।

    नयाँ कडाइले यात्रुहरुलाई असुविधा कम गर्दै अध्यागमन प्रक्रियालाई सहज बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।