१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतमा विषाक्त मदिरा प्रकरण : जनार्दन शर्माले मृतकको शव नेपाल ल्याउन सरकारलाई आग्रह



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३२१
  • काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण १२ जना नेपालीको ज्यान गएपछि प्रतिनिधिसभामा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारको ध्यानाकर्षण गराएका छन्।

    नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका शर्माले बुधबारको बैठकमा पीडित परिवारको वेदना संसद्मा प्रस्तुत गर्दै मृतकको शव चाँडै नेपाल ल्याउन र घाइतेहरूको उपचार सुनिश्चित गर्न माग गरे।

    “घरपरिवार रोइरहेका छन्, शव कहिले नेपाल आइपुग्छ भन्ने अनिश्चितता छ। उपचारको अवस्था कस्तो छ भन्नेबारे पनि स्पष्ट जानकारी आउनुपर्छ,” भन्दै उनले सभामुखमार्फत सरकारलाई जवाफ दिन आग्रह गरे।

    कुवेतमा विषाक्त मदिरा सेवनबाट १२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने अन्य केही नेपाली गम्भीर अवस्थामा उपचाररत छन्।

    शर्माले विदेशमा जोखिमपूर्ण परिस्थितिमा काम गर्ने नेपालीको जीवन सुरक्षा गर्न सरकारलाई अझ सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।