१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ४ नेपालीको शव काठमाडौं ल्याइयो



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३०६
  • काठमाडौँ, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका चार नेपाली श्रमिकको शव काठमाडौं ल्याइएको छ। नेपाली दूतावास कुवेतका अधिकारीका अनुसार चार शवमध्ये तीन परिवारले बुझिसकेका छन् भने एक शव बुधबार नेपाल पठाइँदैछ।

    दूतावासका अनुसार, केही दिनअघिको घटनामा १२ नेपाली मृत्युवरण गरिसकेका थिए भने हाल १५ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्, जसमा १२ जना आईसीयूमा छन्।

    कुवेतमा मदिरा प्रतिबन्धित भए पनि लुकीछिपी बिक्री भइरहेकाले नेपालीहरू प्रभावित भएका हुन्। यस घटनामा केही नेपाली पक्राउ परेका समाचार पनि आएका छन्।

    नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रतिनिधि सभा बैठकमा कुवेतमा नेपाली कामदारको मृत्युबारे जानकारी गराउन माग गरेका थिए। हाल कुवेतमा करिब १ लाख ३० हजार नेपाली कामदार कार्यरत छन्।