१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

उपसभामुख राना स्वदेश फर्किनु अघि पदबाट हटाउने प्रस्ताव स्थगित



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १९८
  • काठमाडौं, भदौ ४ - उपसभामुख इन्दिरा राना अमेरिका भ्रमणमा रहेकाले उनी स्वदेश फर्किनु अघि उनलाई हटाउने प्रस्ताव संसदमा अघि बढ्ने छैन। नेपाली कांग्रेस र एमालेबीच यस्तो सहमति भएको नेताहरूले बताएका छन्।

    बुधबार बिहान कांग्रेसको कार्यसमिति बैठक बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको थियो। बैठकले उपसभामुख हटाउने प्रक्रिया राना फर्किसकेपछि मात्रै अघि बढाउने निर्णय गरेको हो।

    कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले हस्ताक्षर संकलन तत्काल प्रयोगमा नआउने बताए। उनले भने, “हस्ताक्षर गराएर राख्ने अभ्यास पुरानो हो। अहिले पनि त्यही चलन जारी छ।”

    संविधानको धारा ९१ को ‘ग’ अनुसार उपसभामुख वा सभामुखलाई हटाउन दुई तिहाइ बहुमत आवश्यक पर्छ। प्रतिनिधि सभामा हाल २७४ सांसद छन् र दुई तिहाइ बहुमतका लागि १८३ सांसदको समर्थन चाहिन्छ।

    हाल कांग्रेस र एमालेको संयुक्त सदस्य संख्या १६७ पुग्छ, जसले आवश्यक बहुमत पुरा गर्दैन। त्यसैले तत्काल उपसभामुख हटाउने प्रस्ताव अघि बढ्न सक्दैन।

    संसदमा अन्य दलका सांसदहरूको संख्या यसप्रकार छ:

    जनता समाजवादी पार्टी: ७

    जनमत पार्टी: ६

    लोकतान्त्रिक समावादी पार्टी: ४

    नागरिक उन्मुक्ति पार्टी: ४

    माओवादी केन्द्र: ३२

    रास्वपा: २१

    राप्रपा: १३

    एकीकृत समाजवादी: १०

    जनता समाजवादी पार्टी नेपाल: ५

    नेमकिपा: १

    जनमोर्चा: १

    आजपा: १

    स्वतन्त्र: २

    यसरी सत्तापक्ष र विपक्षी दलबीचको समीकरणले तत्काल उपसभामुख रानाको हटाउने प्रस्तावलाई रोकिएको छ।