२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुमना श्रेष्ठ : ‘विद्यार्थीको हक हनन हुने गरी शैक्षिक संस्था बन्द गर्न नपाइयोस्’



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ९१
  • काठमाडौं, भदौ ५ - विद्यालय तथा विश्वविद्यालयलाई कुनै पनि बहानामा बन्द गर्न नपाउने स्पष्ट व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने माग राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले गरेकी छन्।

    सिंहदरबारमा बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यार्थीको मौलिक हक सुरक्षित गर्न शैक्षिक संस्था बन्द–हड्तालमुक्त हुनुपर्ने धारणा राखिन्।

    उनका अनुसार शिक्षकले आन्दोलनका नाममा शिक्षण क्रियाकलाप बन्द गर्न पाउन नहुने प्रावधान विधेयकमा समावेश भएजस्तै, निजी विद्यालयका शिक्षक र संस्थामा पनि त्यस्तो नियम लागु हुनुपर्ने आवश्यकता देखिएको छ।

    ‘शिक्षण संस्थामा तालाबन्दी वा हड्तालका कारण पढाइ रोकिने अवस्था अब अन्त्य हुनुपर्छ,’ सांसद श्रेष्ठले भनिन्, ‘जुनसुकै कारण देखाए पनि विद्यार्थीको पढ्ने हक खोस्ने अधिकार कसैलाई छैन।’

    उनले थपिन्, ‘निःशुल्क तथा अनिवार्य शिक्षाको संवैधानिक व्यवस्था सबैले पाउनैपर्छ, त्यसलाई कार्यान्वयन गर्न शैक्षिक संस्था निरन्तर खुला रहनुपर्छ।’

    समितिमा बिहीबार विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदनमाथि छलफल भइरहेको छ।